Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश

एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश


काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ । त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो ।

दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो । एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पाङ्ग्रे विद्युतीय सवारी ल्याउनेछ । वातावरण सुरक्षामा आफूहरू प्रतिबद्ध रहेको र वातावारण र नेपाललाई सुहाउँदो सवारी भित्र्याउन लागेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हिलर सवारी भित्र्याउने योजना बनाएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताइएको छ । कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एन्जिलियन ओमेगा ग्रुप अफ विजनेसको सदस्य हो, जुन भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ । यो समूहले पछिल्लो पाँच वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालीले आफ्नो इन–हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया