Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वाभिमान लघुवित्तको नाफा ६७ लाख ८२ हजार रुपैयाँले ऋणात्मक

स्वाभिमान लघुवित्तको नाफा ६७ लाख ८२ हजार रुपैयाँले ऋणात्मक


काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६७ लाख ८२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रूपैैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ६९ करोड ६२ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १३ करोड एक लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६७ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ लाख २८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ५५ करोड छ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ३५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ११ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३५ लाख २३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ८९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया