Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकले विद्युुतीय सवारी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा दिने

नबिल बैंकले विद्युुतीय सवारी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा दिने


काठमाडौं । नबिल बैंकले विद्युतीय सवारीसाधान खरिदको लागि ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकका अनुसार टाटा मोटर्सअन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि उक्त परिमाणमा ऋण दिन लागिएको हो ।

ऋणको लागि नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउन सक्नेछन् ।

बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशनबमोजिम उक्त ऋण प्रवाह गर्ने बैंकको भनाइ छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया