Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको विस्तारित काउन्टर राइनास नगरपालिकामा

सिटिजन्स बैंकको विस्तारित काउन्टर राइनास नगरपालिकामा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राइनास नगरपालिकामा विस्तारित काउन्टर सेवा सुरु गरेको छ । विगत डेढ दशकदेखि अनवरतरूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पु-याउँदैै आएको बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउन्टर राइनास नगरपालिका वडा नं ४, सातबीसे बजार, लमजुङमा कात्तिक २७ गतेदेखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउन्टर सेवा सञ्चालनमा ल्याइसकेको छ ।

सुविधासम्पन्न यो विस्तारित काउन्टरमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिट्यान्ससम्बन्धीको सेवाहरुलगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, दुईवटा विस्तारित काउन्टर, एक सय ३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १५ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया