Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तको पहिलो त्रैमासिक नाफा ६५ लाख सात हजार

इन्फिनिटी लघुवित्तको पहिलो त्रैमासिक नाफा ६५ लाख सात हजार


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६५ लाख सात हजार पाँच सय ३५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ७४ लाख ९६ हजार आठ सय ५१ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार दुई सय ८४ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब ४५ करोड ३२ लाख दुई हजार छ सय ८१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १० करोड ९० लाख ७२ हजार चार सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ५६ लाख ६७ हजार पाँच सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४२ करोड नौ लाख ४० हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८८ करोड दुई लाख ९५ हजार तीन सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ५९ लाख ६७ हजार छ सय ३० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया