Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्योदय वोमी लघुवित्तको नाफा चार करोड ४३ लाख

सूर्योदय वोमी लघुवित्तको नाफा चार करोड ४३ लाख


काठमाडौं  । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ४३ लाख ४७ हजार ३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ९१ लाख ७६ हजार पाँच सय ८८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार सात सय ९० रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा चार अर्ब ४१ करोड १८ लाख ९५ हजार तीन सय ७१ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ९३ करोड ७१ लाख ९७ हजार छ सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ५० लाख ५८ हजार छ सय ३१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ९६ करोड २५ लाख १५ हजार तीन सय ४१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ५२ लाख ६५ हजार दुई सय ९९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड आठ लाख ४९ हजार तीन सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया