Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउन्नति सहकार्य लघुवित्तको नाफा सात लाख ६७ हजार

उन्नति सहकार्य लघुवित्तको नाफा सात लाख ६७ हजार


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सात लाख ६७ हजार पाँच सय २९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७१ लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार छ सय १८ रुपैयाँ रहेको संंस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब १७ करोड दुई लाख ४० हजार दुई सय ८७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४६ करोड छ लाख ५० हजार छ सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा पाँच करोड ५४ लाख १० हजार चार सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १८ करोड ३१ लाख ८० हजार ४४ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५३ करोड १६ लाख ६६ हजार तीन सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा छ करोड १४ लाख ५० हजार दुई सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया