Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सको नाफा दुई करोड ५५ लाख

मेरो माइक्रोफाइनान्सको नाफा दुई करोड ५५ लाख


काठमाडौं । मेरो माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ५५ लाख ८५ हजार छ सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १६ करोड ३६ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब २० करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन अर्ब ४५ करोड ७८ लाख २९ हजार छ सय ५४ रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९६ करोड १३ लाख २६ हजार सात सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड १६ लाख ५५ हजार पाँच सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ४१ करोड ९० लाख ८४ हजार चार सय ५७ रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ४० करोड ७३ लाख ४८ हजार छ सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड ५४ लाख ४१ हजार ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया