Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद मुनाफा ऋणात्मक

लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद मुनाफा ऋणात्मक


काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड १९ लाख १५ हजार आठ सय १४ रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले चालू आवको पहिलो त्रैमासमा भने ५९ लाख २९ हजार आठ सय ३३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

चुक्ता पुँजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको चालू आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी पनि शून्य दशमलव २२ पैसाले ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३६ रुपैयाँ ५७ पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया