Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ सय २१ बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय २१ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौैं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन सात दशमलव १३ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधवार बजार परिसुचक सात दशमलव ७२ अंकले ओरालो लागेर १९ सय २१ दशमलव ९९ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७० अंकले ओरालो लागेर तीन सय ७७ दशमलव ९० बिन्दुमा झरेको छ । आज १३ वटा दुई सय २३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट १७ हजार आठ सय ७६ पटकको कारोबारमा २८ लाख ३९ हजार तीन सय ७३ कित्ता सेयर किनबेच हुंदा कुल कारोबार रकम एक अर्ब दुई करोड २२ लाख ९३ हजार पाँच सय ५२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी रहेका ११ वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया