Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकालिञ्चोक दर्शनद्वारा साधारण सेयरको बिक्री आह्वान

कालिञ्चोक दर्शनद्वारा साधारण सेयरको बिक्री आह्वान


काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकहरूको लागि साधारण सेयरको बिक्री आह्वान गरिएको हो ।

हाल कायम रहेको जारी पुँजी ६० करोड रुपैयाँमध्येबाट दुई प्रतिशत अर्थात् एक करोड २० लाख रुपैयाँबराबरको एक लाख २० हजार कित्ता साधारण सेयर आयोजना पभावित क्षेत्रका जनताको लागि बिक्री आह्वान गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनताको लागि खुला हुने साधारण सेयरको बिक्रीकार्य यही मंसिर १४ गतेबाट सुरु भई ढिलोमा मंसिर २८ गते र छिटोमा पुस १५ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम चार हजार नौ सय ९० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीका क्रममा रहेका जनताको लागि भने जारी पुँजीको १८ प्रतिशतले हुनआउने १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । यसको लागि यही मंसिर १४ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य मंसिर २८ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार आठ सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया