Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंकले डिस्कभर्सको कार्ड स्वीकार गर्ने

हिमालयन बैंकले डिस्कभर्सको कार्ड स्वीकार गर्ने


काठमाडौं । हिमालयन बैंकले डिस्कभर्सको कार्ड स्वीकार गर्ने भएको छ । बैंकका अनुसार डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था सुरू गरेको जानकारी बैंकले दिएको छ ।

बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कबीच भएको उक्त सम्झैताले कार्ड धारकहरूलाई उनीहरूको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरूमा भुक्तानी गर्ने विकल्पहरू उपलब्ध हुनेछ । डिस्कभर्सका कार्डहरू स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरूले उक्त नेटवर्कका विश्वभरी फैलिएका २८ करोड ग्राहकहरूले वार्षिकरूपमा गर्ने पाँच सय अर्ब डलरबराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन् ।

बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटकीय क्षेत्रहरूका विभिन्न होटल, रेस्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरूमा रहेका आफ्ना पस मेसिनहरूमा उक्त नेटवर्कका कार्डहरू स्वीकार गर्ने व्यवस्था रहेको छ । डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरूले डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरू स्वीकार गर्नेछ ।

नेपाल प्रमुख भ्रमणगन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरूलाई आफ्नो छनोटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरूलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको जानकारी पनि बैंकले दिएको छ । नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरू जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियन पे, भीसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एन्ड डीस्कभर कार्ड स्वीकार गर्ने एकमात्र बैंक हो । बैंकका अनुसार यो कार्ड हालको लागि एक सय ६० वटा एटीएम तथा छ हजारभन्दा पस टर्मिनलहरूमा स्वीकार हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया