Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक वित्तीय क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मानित

नबिल बैंक वित्तीय क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मानित


काठमाडौं । नबिल बैंकले वित्तीय क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मान पाएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिललाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको हो ।

राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले प्रदान गरेको सम्मानपत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका थिए । बैंकले उक्त आर्थिक वर्षमा दुई अर्ब ७९ करोड रूपैयाँबराबरको कर तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौँ पटक हो ।

नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै प्रमुख कार्यकारी ढुंगानाले वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पु-याउन पाउँदा खुशी बताएका छन् । निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रूपैयाँ कर बुझाएको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया