स्मार्ट च्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच सम्झौता
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)बीच सम्झौता भएको छ । बैंकका अनुसार डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको हो । सेवा विविधीकरणको यो नयाँ आयामपश्चात् एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्फत गर्नसक्ने जनाएको छ ।
उक्त सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् । स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकले हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २२ वटा शाखा संजाल, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालयहरू, एक सय ५७ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएको छ ।————
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया