Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता


काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सम्झौता भएको छ । नेपालको लागि हुण्डाइ गाडीको आधिकारिक बिक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडी (इभी)को लागि बैंकसँग उक्त सम्झौता गरेको हो ।

सम्झौतामा लक्ष्मी इन्टरकन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र प्रसाद सापकोटा र नबिल बैंकका तर्फबाट डीसीयो सुिजत कुमार शाक्यले सम्झौता गरेका हुन् । सम्झौताअनुसार हुण्डाइको विद्युतीय गाडी खरिद गर्नको लागि बैंकले १२ दशमलव ९९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउनेछ । बैंकका अनुसार यस्तो कर्जा सम्पूर्ण कागजात उपलब्ध भएको तीन कार्यदिनमा उपलब्ध गराइनेछ भने कर्जाको अवधि सात वर्षको हुनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया