नेशनल लाइफ इन्स्योरेन्सको ‘बीमा सचेतना कार्यक्रम’
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीका अनुसार बीमा सचेतना प्रवर्द्धनमा जीवन बीमा कम्पनीहरूले पनि योगदान पु-याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीतिअनुरूप आयोजना गरिएको यी कार्यक्रमहरूमा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । कम्पनीका अभिकर्ताहरू र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले धन्यवादज्ञापन गरेका थिए ।
यसैगरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोतास्थित भैरव माविका शिक्षक तथा विद्यार्थीहरूलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो । जसअन्तर्गत कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए भने प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लिखित आधारभूत विषयहरूको बारेमा सहभागिहरूलाई जानकारी गराएका थिए । साथै उक्त कार्यक्रममा करिब एक सय जना शिक्षकहरूको एक लाखको म्यादी जीवन बीमा गरी प्रमुख कार्यकारी अधिकृतले बीमालेख हस्तान्तरण गरेका थिए । यसैगरी भैरव माविमा सम्पन्न गरिएको कार्यक्रममा मिर्गौलापीडित उजाला कुमारी दमाईलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगस्वरूप २५ हजार रूपैयाँ पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सञ्चालन गरेको दुवै कार्यक्रम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा दुवै विद्यालयका करिब चार सय ५० जना शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने सहभागी विद्यार्थीहरूलाई कम्पनीको टिसर्ट पनि वितरण गरिएको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया