११ अंकले उकालो लाग्दा एक अर्ब ३२ करोडको सेयर खरिदबिक्री
काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ५१ अंकले ओरालो लागेर ८४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा साताको अन्तिम कारोबार दिन बिहीबार भने यी दुवै सूचक बढेका छन् । बजार परिसूचक बिहीबार ११ दशमलव २२ अंकले उकालो लागेर १९ सय ६१ दशमलव छ विन्दुमा चढ्न सफल भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ४१ वटा कम्म्पनीहरुको सेयर किनबेच भएको छ । जसबाट २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता सेयर खरिदबिक्री भएको छ । सोही आधारमा यस दिन कुल कारोबार रकम एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये तीन वटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् भने बाँकी उपसमूहहरुको सूचक उकालो लागेका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमूहको सूचक चार दशमलव ८० अंकले ओरालो लागेर २७ सय छ दशमलव ५२ विन्दुमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक १५ दशमलव १४ अंकले ओरालो लागेर सात हजार छ सय ४९ दशमलव ३७ विन्दुमा झरेको छ । यसैगरी लगानी उपसमूहको सूचक पनि शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् । वाणिज्य बैंक उपसमूहको सूचक भने यस दिन १३ दशमलव ४८ अंकले उकालो लागेर १३ सय ७९ दशमलव ७४ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि नौ दशमलव ५८ अंकले उकालो लागेर तीन हजार चार सय ८४ दशमलव ८६ विन्दुमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि सात दशमलव ४५ अंकले उकालो लागेर दुई हजार ३६ दशमलव ५२ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय १६ दशमलव ५७ अंकले उकालो लागेर नौ हजार दुई सय ४६ दशमलव ८४ विन्दुमा चढेको छ । फाइनान्स उपसमूहको सूचक पनि शून्य दशमलव ७२ अंकले उकालो लागेर १६ सय २० दशमलव ४५ विन्दुमा चढेकोमा उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ उपसमूहहरुको सूचक पनि क्रमशः २३ दशमलव ७०, १० दशमलव ७१, शून्य दशमलव शून्य सात, चार दशमलव २३ र १६ दशमलव ५८ विन्दुले उकालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ९२ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको श्वेत गंगा हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव २१ प्रतिशतले बढेर दुई सय ६४ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक लाइफ इन्स्योरेरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सिटिजन्स म्युचुअल फण्डको सेयर मूल्य तीन दशमलव ६४ प्रतिशतले घटेर सात रुपैयाँ ९५ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि दुई दशमलव ६३ प्रतिशतले घटेर दुई सय सात रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक रुरु जलविद्युत् परियोजना, सयपत्री हाइड्रोपावर लिमिटेड आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।
यस दिन नबिल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता नौ सय १३ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयरतर्फ पनि प्रतिकित्ता एक सय १९ रुपैयाँ ३८ पैसा अन्तिम मूल्यमा आठ करोड १३ लाख ५९ हजार एक सय १५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक हिमाल दोलखा हाइड्रोपावर लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया