राष्ट्र बैंकद्वारा प्रभु बैंकको लाभांश स्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले प्रभु बैंकले प्रस्ताव गरेको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार एक सय ७४ रूपैयाँमध्येबाट छ दशमलव ५० प्रतिशतले हुन आउने ८२ करोड ६० लाख ६५ हजार सात ७१ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ५० प्रतिशत अर्थात् १९ करोड छ लाख ३० हजार पाँच सय ६२ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
प्रभु बैंकको यही मंसिर एक गते बसेको सञ्चालक समितिको दुई सय ६८औँ बैठकले उक्त अनुपातमा लाभांश वितरण गर्न स्वीकृति माग गर्दै राष्ट्र बैैकमा आवेदन दिएको थियो । सोअनुसार राष्ट्र बैंकले यही मंसिर १२ गते प्रभुलाई उक्त अनुपातमा लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश प्रभुको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया