नेपाल इन्भेष्टमेन्ट र मेगाको वार्षिक साधारणसभा
काठमाडौं । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नको लागि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले छुट्टाछुट्टैरूपमा वार्षिक साधारणसभाको आह्वान गरेका छन् । यही पुस ७ गते दुवै बैंकले एक–आपसमा मर्जर गर्नको लागि छुट्टाछुट्टैरूपमा वार्षिक साधारणसभाको आह्वान गरेका हुन् ।
सोअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले पुस सात गते कमलादीस्थित प्रज्ञाभवनमा आफ्नो ३६औँ वार्षिक साधारणसभा गर्न लागेको छ । सोही दिन मेगा बैंकले पनि भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्नो १२औँ वार्षिक साधारण गर्न लागेको हो । मेगाको बुधबार बसेको सञ्चालक समितिको तीन सय ७७औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।
उक्त सभामार्फत मेगाले हाल कायम रहेको चुक्ता पुँजी १६ अर्ब १२ करोड चार लाख ६१ हजार चार सय ५३ रूपैयाँमध्येबाट चार प्रतिशतको अनुपातमा ६४ करोड ४८ लाख १८ हजार चार सय ५८ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक उक्त सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया