आईसीएफसी फाइनान्सद्वारा १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । आईसीएफसी फाइनान्सले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश समेत गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्स सञ्चालक समितिको पछिल्लो पटक बसेको बैठकले गरेको लाभांश वितरण सम्वन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । फाइनान्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३४ लाख ५८ हजार सात सय ६९ रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सले चार करोड ७६ लाख ५२ हजार नौ सय २३ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ करोड ५१ लाख १५ हजार दुई सय रूपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १८ अर्ब २५ करोड ९३ लाख ६४ हजार चार सय ६३ रूपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड २२ लाख ४२ हजार दुई सय १० रूपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा खुद ब्याज आम्दानी १४ करोड ८८ लाख ४९ हजार आठ सय चार रूपैयाँ रहेको फाइनान्समा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने नौ करोड ४३ लाख ८३ हजार तीन सय १४ रूपैयाँ रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया