अर्थतन्त्र सुधारोन्मुख भएको गभर्नर अधिकारीको दाबी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को बिहीबार सम्पन्न भएको २६औँ वार्षिकउत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले उक्त दाबी गरेका हुन् ।
‘पछिल्लो समय विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ, विगतमा घाटामा रहने गरेको शोधनान्तर स्थिति बचतमा रहेको छ, यस्तो हुनु भनेको अर्थतन्त्र सुधारोन्मुख दिशामा जानु हो’, उनले भने । गभर्नर अधिकारीले गत आर्थिक वर्षमा ८८ अर्ब रूपैयाँ घाटामा रहेको अहिले छ अर्ब रूपैयाँ बचतमा रहेको जानकारी दिए । वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति आठ दशमलव ५० प्रतिशत रहेको छ, आयात १६ दशमलव दुई प्रतिशतले, निर्यात ३५ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापारघाटा १३ दशमलव एक प्रतिशतले घटेको गभर्नर अधिकारीले बताए ।
यो अवस्थामा विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा १६ दशमलव आठ प्रतिशतले र अमेरिकी डलरमा सात दशमलव नौ प्रतिशतले बढेको उनले बताए । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको जानकारी पनि गभर्नर अधिकारीले दिए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया