Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारवेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतलाई १० तोला सुन हस्तान्तरण

वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतलाई १० तोला सुन हस्तान्तरण


काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले श्रीमती रेविका सुनुवारलाई १० तोला सुन हस्तान्तरण गरेको छ । काठमाडौं बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमा दश तोला सुन जितेकी हुन् ।

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरू, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूकाबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया