Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवाणिज्य बैंकद्वारा आरबीबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रम–३ सुरु

वाणिज्य बैंकद्वारा आरबीबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रम–३ सुरु


काठमाडौं, फागुन २५

राष्ट्रिय वाणिज्य बैंकले विशेष गरी युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार एक समारोहबीच आरबीबी इम्पावरमेन्ट एकेडेमी को तेस्रो चरणको कार्यक्रम प्रदेश नं २ को लागि सुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् । एकेडेमीले २०७६ फाल्गुन २१ गते बाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा २०७६ चैत्र ७ देखि चैत्र ९ गते सम्म वीरगंजमा सञ्चालन गर्दैछ । प्रदेश नं. २अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु (कुनै प्रकारको काममा आवद्ध नभएको)लाई मात्र लक्षित गरी आवेदन आह्वान गरीएको छ ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइनेछ । कार्यक्रममा उपस्थित सबैजनालाई राष्ट्रिय वाणिज्य बैंक, प्रदेश नं २ का प्रमुख विश्व प्रकाश ज्ञवालीज्यूले स्वागत गर्नुभई युवा लक्षित ट्रेनिङ्ग आफ्नो प्रदेशमा पनि गर्न लागेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज ले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृति विकाशका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यो तालिम सञ्चालन गरिएको कुरा बताए । वित्तीय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षीत जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकासमा धेरै सहयोग गर्ने कुरामा उहांले विश्वास व्यक्त गरे । आवेदकहरुमध्ये निश्चित क्राइटेरियाको आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिको लागि राख्नेछ । सम्भवतः नेपालमै पहिलो पटक बैंकले निःशुल्करुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै बाकी प्रदेशहरुमा पनि सञ्चालन गरीनेछ । यो कार्यक्रम प्रदेश नं १ र ३ मा सम्पन्न भई तालिम लिएकाहरु हाल बैंकमा इन्टर्नको रुपमा आवद्ध रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया