Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफेरि १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी

फेरि १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर १९ गते अर्थात् आज सोमबार पुनः १९ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही मंसिर १२ गते पनि राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति मंसिर २० गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब २६ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ पुनः १९ गते, ९१ दिनेको २०७९ फागुन २३ गते र एक सय ८२ दिने अवधिको २०८० जेठ २३ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने बिलहरु सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया