Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’

महालक्ष्मी विकास बैंकको ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’


काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडको विभिन्न शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् । बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाहरूको लागि ब्रेल पुस्तक तयार गर्न एक हजार आठ सय ७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ ।

दृष्टिविहीन भएकाहरूको संरक्षण गर्दै उनीहरूको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरूको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको हो । त्यस्तै बैंकको न्यूरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मुर्ति स्थापनाको लागि अक्षेरुपी ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकीय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो । यसैगरी बैंकको ठुटीपीपल शाखाद्वारा ओमसत्तिया गाउँपालिका वडा नं १, रुपन्देहीमा अवस्थित गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यानसम्बन्धी पिङ, ढिकेपिङलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

मनोरञ्जनका गतिविधिहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने हुँदा बैंकले बाल उद्यानका लागि सामग्री हस्तान्तरण गरेको हो । उल्लिखित कार्यक्रमसँगै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको छ । प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कक्षमा मिटिङ टेबुल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया