Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोकिएन नेप्सेको निरन्तरको गिरावट

रोकिएन नेप्सेको निरन्तरको गिरावट

कारोबार पनि ९६ करोड ५२ लाखमा सीमित


काठमाडौं । सेयरबजारको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २४ अंकले ओरालो लागेको बजार परिसूचक यस दिन पुनः चार दशमलव ८७ अंकले ओरालो लागेर १९ सय ३३ दशमलव ८८ विन्दुमा झरेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले ओरालो लागेर तीन सय ७८ दशमलव शून्य आठ विन्दुमा झरेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ३८ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जसबाट १९ हजार एक सय २१ पटकको कारोबारमा २५ लाख ८१ हजार चार सय २५ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यस दिन कारोबार रकम ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा कारोबार भएका कुल उपसमूहहरुमध्ये तीनवटा उपसमूहहरुको सूचक उकालो लागेका छन् भने बाँकी १० वटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् । जसमध्ये जीवन बीमा उपसमूहको सूचक शून्य दशमलव ६७ अंकले उकालो लागेर नौ हजार दुई सय ९४ दशमलव ९५ विन्दुमा चढेकोमा लघुवित्त समूहको सूचक पनि १२ दशमलव ४० अंकले उकालो लागेर चार हजार तीन सय ७६ दशमलव ३३ विन्दुमा चढेको छ । यसैगरी अन्य उपसमूहको सूचक पनि आठ दशमलव २८ विन्दुले उकालो लागेको छ । वाणिज्य बैंक उपसमूहको सूचक भने यस दिन पाँच दशमलव ३१ अंकले ओरालो लागेर १३ सय ५५ दशमलव ३५ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक २३ दशमलव ८६ अंकले ओरालो लागेर तीन हजार चार सय छ दशमलव १८ विन्दुमा झरेको छ ।

जलविद्युत् उपसमूहको सूचक पनि आठ दशमलव ७७ अंकले ओरालो लागेर १९ सय ९६ दशमलव ६६ विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि एक दशमलव २२ अंकले ओरालो लागेर १५ सय ७२ दशमलव ५४ विन्दुमा झरेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि २७ दशमलव पाँच अंकले ओरालो लागेर सात हजार पाँच सय ८८ दशमलव छ विन्दुमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ उपसमूहहरुको सूचक पनि क्रमशः तीन दशमलव १७, शून्य दशमलव ५२, ३५ दशमलव तीन, शून्य दशमलव १० र छ दशमलव ९८ विन्दुले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको धौलागिरि लघुवित्त वित्तीय संंस्थाको सेयर मूल्य आठ दशमलव १७ प्रतिशतले बढेर तीन सय ४८ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिटिजन्स म्युचुअल फण्ड १ को प्रतियुनिट सेयर मूल्य छ दशमलव १२ प्रतिशतले बढेर सात रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर किनबेच भएको छ ।

यीबाहेक सपोर्ट लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको एनएमबी बैंकको सेयर मूल्य छ दशमलव सात प्रतिशतले घटेर दुई सय ३६ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी ५० को प्रतियुनिट सेयर मूल्य पनि तीन दशमलव ८५ प्रतिशतले घटेर आठ रुपैयाँ ७५ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक आईसीएफसी फाइनान्सको ऋणपत्र, एनएमबी हाइब्रिड फण्ड १ को आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ८० रुपैयाँ अन्तिम मूल्यमा आठ करोड १२ लाख ३४ हजार सात सय ९९ रुपैयाँ ८० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्टिलरी प्रालिको पनि प्रतिकित्ता तीन हजार आठ सय १७ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ५० लाख आठ हजार २९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक रिडी हाइड्रोपावर कम्पनी, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया