Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारअभियान लघुवित्तको खुद मुनाफा तीन लाख १५ हजार

अभियान लघुवित्तको खुद मुनाफा तीन लाख १५ हजार


काठमाडौं । अभियान लघुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन लाख १५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५६ लाख ७९ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । हाल चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ३२ करोड १७ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १३ करोड ४६ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ८९ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १३ लाख १९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९१ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले १८ करोड ९९ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७२ करोड ४५ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ५८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७४ लाख ९२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया