Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसाना किसान लघुवित्तले २७ प्रतिशत लाभांश दिने

साना किसान लघुवित्तले २७ प्रतिशत लाभांश दिने


काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३७ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया