Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमेगा बैंकको १२औँ वार्षिक साधारणसभा

मेगा बैंकको १२औँ वार्षिक साधारणसभा


काठमाडौं । मेगा बैंकले १२औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही मंसिर १४ गते बुधबार बसेको सञ्चालक समितिको तीन सय ७७औँ बैठकले वार्षिक साधारणसभा सम्बन्धी निर्णय गरेको हो ।

उक्त सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी १६ अर्ब १२ करोड चार लाख ६१ हजार चार सय ५३ रुपैयाँमध्येबाट चार प्रतिशतको अनुपातमा ६४ करोड ४८ लाख १८ हजार चार सय ५८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया