Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको ‘गो क्यासलेस अभियान’

सिभिल बैंकको ‘गो क्यासलेस अभियान’


काठमाडौं । सिभिल बैंकले गो क्यासलेस अभियान सुरु गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर नेपालगञ्ज र जानकी गाउँपालिकामा ‘गो क्यासलेस’ अभियान सुरु गरेको जानकारी दिएको छ । बैंकका अनुसार अभियानको उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमती देवी कठरियाले यसले सो क्षेत्रका जनतालाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न साक्षरता सिकाउने बताइन् ।

यसैगरी नेपालगञ्जको कार्यक्रम उद्घाटन गरेका नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले डिजिटल भुक्तानी प्रणालीले अब ग्राहकहरूलाई सुविधा दिनुका साथै सुरक्षा प्रदान गर्ने बताए । नगदरहित अभियानले दुर्गमदेखि प्रमुख सहरहरूसम्म ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरूलाई आबद्ध गरिसकेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत, विभिन्न व्यवसाय, संघ संस्थाका अध्यक्ष र बैंकका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया