काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै पाँच अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन १६ दशमलव ६१ अंकले ओरालो लागेर १९ सय १७ दशमलव २८ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४४ अंकले ओरालो लागेर तीन सय ७३ दशमलव ६४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ४६ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया