Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेको इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

नेको इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको चार सय ३४औँ बैठकले गरेको निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया