सिभिल लघुवित्तको नाफा ७२ लाख ८३ हजार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ७२ लाख ८३ हजार नौ सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ४४ लाख १९ हजार दुई सय २२ रुपैैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार चार सय १६ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब दुई करोड १० लाख ९७ हजार आठ सय १९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब दुई करोड ८७ लाख ८३ हजार दुई सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ६५ लाख १६ हजार एक सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ५७ प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने छ लाख ६१ हजार ७२ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले नौ सय ९७ करोड ७८ लाख ३९ हजार २२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८५ करोड ९८ लाख ४६ हजार चार सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड २१ लाख ७९ हजार छ सय ४९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर आठ दशमलव ७४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया