आँधिखोला लघुवित्तले कमायो १९ लाख ८९ हजार
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १९ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ९३ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ४७ करोड ६२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड ५० लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ३४ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७२ लाख १२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३९ करोड ४८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १० करोड ७१ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड १८ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानबी गरेको संस्थाको प्रोभिजन रकम २६ लाख ८६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया