मुक्तिनाथ विकास बैंकद्वारा कृषिलाई सम्मानित पेसा बनाउन अभियान सुरु
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि पेसालाई सम्मानित पेसा बनाउनको लागि अभियान सुरु गरेको छ । बैंकले बहुउद्देश्यीय कृषि सहकारीमार्फत किसानलाई सहभागी गराई उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकसित गराउने अभियान सुरु गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार यो अभियानअन्तर्गत पहिलो चरणमा स्याङ्जा, कास्की, तनहुँलाई केन्द्रविन्दु बनाएर कार्य थालनी गरिनेछ । स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था, कास्कीको माछापुच्छ«े गाउँपालिकामा माछापुच्छ«े मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था र तनहुँको भानु नगरपालिकामा मिर्लुङकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत भेलाको आयोजना गरी तदर्थ समिति गठन गरी स्थानीयस्तरमा सहकारी दर्ता प्रक्रिया अघि बढाइएको बैंकले जानकारी दिएको छ ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा आयोजित भेलामा सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कृषक, उद्यमीलगायत स्थानीय बासिन्दाको सहभागिता जनाएको बैंकले जनाएको छ । कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदायस्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन गरिएको गरिएको थियो । बैंकका अनुसार प्रशिक्षणको सहजीकरण मुक्तिनाथ विकास बैंकका सन्तोष रोका र मुक्तिनाथ कृषि कम्पनीका भूमिराज भण्डारीले गरेका थिए ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया