Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारशिखर पावरले नौ करोड ९२ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने

शिखर पावरले नौ करोड ९२ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने


काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले नौ करोड ९२ लाख ५८ हजार रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी नौ लाख ९२ हजार पाँच सय ८० कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको हो ।

साधारण सेयरको लागि कम्पनीको ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्र्रबन्धकमा निुक्त गरेको छ । अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको हाल जारी पुँजी हाल ३३ करोड आठ लाख रुपैयाँ रहेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया