Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको १८ वटा सुविधासहितको ‘जेनेरेसन सानिमा सेभिङ खाता’ सञ्चालन

सानिमा बैंकको १८ वटा सुविधासहितको ‘जेनेरेसन सानिमा सेभिङ खाता’ सञ्चालन


काठमाडौं । सानिमा बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको ‘जेनेरेसन सानिमा सेभिक खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्षभन्दा माथिका युवा वर्गहरूलाई लक्षित गरी ल्याइएको बचत खाता हो ।

शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो सेयर निःशुल्क जारी गरिनेछ । साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरिका भिसा नेटवर्क एटीएममा मासिक तीन पटक निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ । यसका साथै विदेशी सटहीमा शून्य दशमलव १० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरूको सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ ।

यो खाताले युवा वर्गहरूबीच बचत गर्ने बानी र डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ । बैंकले देशको सातवटै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २३ वटा एटीएम काउन्टहरूमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया