Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलघुवित्त संस्थाहरूको नाफा उच्च

लघुवित्त संस्थाहरूको नाफा उच्च


काठमाडौं, फागुन २७
लघुवित्त वित्तीय संस्थाहरूको नाफा उच्च देखिएको छ । संस्थाहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपष्किृत वित्तीय विवरणअनुुसार निक्षेप र कर्जाको तुुलनामा लघुवित्त संस्थाहरूमा नाफा उच्च देखिएको छ भने निष्क्रिय कर्जा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको तुुलनामा निकै नै कम देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा सात करोड ८७ लाख १२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संंस्थाको यस्तो मुनाफा एक करोड ९६ लाख सात हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २० करोड ८७ लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब पाँच करोड ९४ लाख ९७ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गणपति माइक्रो फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा एक करोड ६६ लाख १२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ५१ लाख ८३ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी १० करोड ३५ लाख रूपैयाँ रहेको गणपतीले चालू आवको दोस्रो त्रैमासमा २८ करोड ८२ लाख ५७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब नौ करोड ८७ लाख ४९ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा शून्य दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

समता लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो त्रैमासमा दुुई करोड ५८ लाख २६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संंस्थाको यस्तो मुनाफा ७२ लाख १७ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार रूपैयाँ रहेको समताले चालू आवकोे पछिल्लो अवधिमा ६० करोड २३ लाख ३२ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ५३ करोड ४३ लाख ४० हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई करोड ६५ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड पाँच लाख १६ हजार रूपैैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १९ करोड ९० लाख २० हजार रूपैयाँ रहेको चौतारीले चालू आवको पछिल्लो अवधिमा ५९ करोड ५१ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ५६ लाख ५० हजार रूपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा तीन करोड ९८ लाख चार हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ७७ लाख ५७ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार रूपैयाँ रहेको मिर्मिरले चालू आवको पछिल्लो अवधिमा ९१ करोड ३२ लाख सात हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५२ करोड २० लाख २५ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

आरम्भ माइक्रोफाइनान्सले चालू आवको पछिल्लो अवधिमा ८१ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २२ लाख पाँच हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड ४४ लाख २८ हजार रूपैयाँ रहेको संस्थाले आरम्भले चालू आवको पछिल्लो अवधिमा १८ करोड ३९ लाख २६ हजार रूपैयाँ निक्षेप संकलन गरी ६१ करोड ६० लाख आठ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा आठ करोड १९ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा छ करोड १८ लाख ५८ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको मेरोले चालू आवको पछिल्लो अवधिमा एक अर्ब ४५ करोड ६१ लाख ८० हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १३ करोड एक लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा चार करोड ८२ लाख ६८ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ६४ लाख ५३ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २७ करोड ६० लाख रूपैयाँ रहेको स्वदेशीले चालू आवको पछिल्लो अवधिमा एक अर्ब १९ करोड छ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७८ करोड ८२ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा ७४ लाख ४१ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड एक लाख १० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १० करोड ६६ लाख आठ हजार रूपैयाँ रहेको किसानले ४२ करोड ४१ लाख ७७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड ६८ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा चार दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

नागवेली लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा दुुई करोड २२ लाख ६३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड सात लाख १२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १६ करोड ७६ लाख ७९ हजार रूपैयाँ रहेको नागवेलीले चालू आवको पछिल्लो अवधिमा ३८ करोड २७ लाख ८८ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १२ करोड २० लाख सात हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा चार करोड १६ लाख १५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले दुुई करोड ६२ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्ता पुँजी २५ करोड २५ लाख ७६ हजार रूपैयाँ रहेको वोमीले चालू आवको पछिल्लो अवधिमा ७८ करोड १६ लाख ८२ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३७ करोड ६५ लाख १६ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

सारथी लघुवित्त वित्तीय संस्थाले आवको पछिल्लो अवधिमा तीन करोड ११ लाख ६५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले ४३ लाख १२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । हाल चुक्ता पुँजी ११ करोड चार लाख २५ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो अवधिमा ३४ करोड ३७ लाख ५२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २८ करोड ९१ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा शून्य दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । सुर्योदय लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा दुुई करोड ७९ लाख ३७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ६३ लाख ७९ हजरा रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १५ करोड ५९ लाख १९ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो अवधिमा ७६ करोड ४९ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८१ करोड ६६ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्रिलोक लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा एक करोड ५७ लाख ८७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा २७ लाख ५२ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी छ करोड नौ लाख ५२ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो अवधिमा २२ करोड १९ लाख पाँच हजार रूपैयाँ निक्षेप संकलन गरी ८५ करोड २६ लाख ५३ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।

नेशनल माइक्रोफाइनान्स बित्तीाय संंस्थाले चालू आवको पछिल्लो अवधिमा नौ करोड २५ लाख ४६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा पाँच करोड ७२ लाख ४६ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार रूपैयाँ रहेको नेशनलले चालू आवको पछिल्लो अवधिमा एक अर्ब ४८ करोड ७६ लाख १८ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९३ करोड ३२ लाख ६८ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । महिला लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा दुुई करोड नौ लाख ५८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड २५ लाख ९५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी छ करोड रूपैयाँ रहेको महिलाले चालू आवको पछिल्लो अवधिमा ६० करोड १७ लाख ७३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५८ करोड ७४ लाख ३२ हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

महुुली लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा दुई करोड तीन लाख पाँच हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा दुई करोड दुुई लाख ८५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १२ करोड २४ लाख रूपैयाँ रहेको महुुलीले चालू आवको पछिल्लो अवधिमा ९९ करोड ५३ लाख ३६ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ३२ करोड ३० लाख ५० हजार रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ३२ लाख ६१ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २५ लाख २३ हजार रूपैयाँ रहेको थियो ।

नेरुडे लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा छ करोड पाँच लाख चार हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा तीन करोड ८१ लाख ८५ हजार रूपैयाँ रहेको थियो । सिभिल लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा एक करोड ६६ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ७४ लाख २६ हजार रूपैयाँ रहेको थियो ।

आर्दश लघुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा १२ लाख दुुई हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा चार लाख ५६ हजार रूपैयाँ रहेको थियो । सजिलो लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा ६४ लाख ८२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा सजिलोको यस्तो मुनाफा ४१ लाख ९१ हजार रूपैयाँ रहेको थियो ।

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा चार करोड ६० लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नााफा दुई करोड ८४ लाख ७९ हजार रूपैयाँ रहेको थियो । विजय लघुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा पाँच करोड ६६ लाख ३४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड ४२ लाख ३९ हजार रूपैयाँ रहेको थियो । यीबाहेक स्वामिभान लघुवित्त वित्तीय संस्था, उन्नती लघुवित्त वित्तीय संस्था, निर्धन लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, स्वालम्बन लघुवित्त वित्तीय संस्था, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थालगायतका संस्थाहरूको नाफा पनि उच्च देखिएको छ भने निष्क्रिय कर्जा न्यून देखिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया