Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र टेस्ला डाइगोनोस्टिक क्लिनिकबीच सम्झौता

नबिल बैंक र टेस्ला डाइगोनोस्टिक क्लिनिकबीच सम्झौता


काठमाडौं, फागुन २७
टेस्ला डाइगोनोस्टिक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका विविध सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकतर्फबाट प्रमुख कार्ड शाखा सनत पौडेलले हस्ताक्षर गरेका हुुन् ।

सम्झौतासँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् भने यसबाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ । बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदाहरणीय सेवा परिस्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठूलो जनसंख्या समेटेको नबिल बैंकसँग सहकार्य गरेको हो ।

बैंकले हाल एक सय १८ वटा शाखाहरू, एक सय ७६ वटा एटीएमहरूको विशाल संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापीरूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरूसँगै अघि बढ्ने विश्वास राखेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया