Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा पुस ३० गते

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा पुस ३० गते


काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस ३० गते पोखराको होटल ग्रान्ड पोखरामा आफ्नो १६औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार आठ सय ५६ रुपैयाँमध्येबाट १३ दशमलव पाँच प्रतिशत अर्थात् ७६ करोड ३७ लाख १९ हजार चार सय १५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत अर्थात् चार करोड एक लाख ९५ हजार सात सय ५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसबाहेक हाल कायम रहेको चुक्ता पुँजीलाई वृद्धि गरी छ अर्ब ४२ करोड नौ लाख दुई सय ७२ रुपैयाँ पु-याउन प्रस्ताव पारित गर्ने तयारी पनि बैंकले गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया