सूर्यज्योति अब अझ बृहत्, सबल र विशाल
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले काठमाडौंमा विशेष समारोह आयोजना गरी मर्जरको समुद्घाटन गरेको छ । सूर्र्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस सात गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । २०७९ असारमा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतीका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो ।
मर्जरपश्चात् बनेको कम्पनीको चुक्ता पुँजी चार अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेस्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबारपश्चात् सूर्यज्योतिको जीवन बीमाकोष २२ अर्ब, लगानी २८ अर्ब र कुल शाखा संख्या एक सय ८१ पुगेको छ भने कुल कर्मचारीको संख्या छ सय ७५ पुगेको छ । एक उज्वल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत्, अझ सबल र अझ विशाल उपस्तिथि सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रङ्ग भएझैँ सूर्यज्योति पनि सुरुवात, न्यायोपन, प्रस्ट, उज्जवल, प्रतिबद्ध, समय र ऊर्जाका साथ एक भई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धिलाई स्वर्ण अक्षरमा लेखिने प्रतिक्रिया दिएका थिए । जीवन बीमा क्षेत्रमा सूर्यज्योतिले ट्रेन्ड सेट गरेको भन्दै उनले यस उपलब्धिले अन्य कम्पनीहरूलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए । साथै अध्यक्ष सिलवालले जीवन बीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेको बताएका छन् ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचेअनुसार जटिल नभएको बताए । मर्जरकका क्रममा दुवै पक्षले निष्पक्षरूपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रस्ट पारे । अधक्ष्य भट्टराईले यो मर्जर सफल बनाउन अहम भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरू, कर्मचारी साथीहरू, मार्ग निर्देश गर्नुहुने बीमा प्राधिकरण तथा सेयरधनीहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गरे ।
मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउँदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । दुबै कम्पनीको एक्चुरीयल मूल्यांकन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रस्ट पारे । सूर्या लाइफजस्तो १५ वर्षको परिपक्व कम्पनी र पाँच वर्षको छोटो समयमै आफूलाई अब्बल साबित गरेको ज्योतिलाइफ कम्पनीबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ । मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेन्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए ।
सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले, कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आ आफ्नातर्फबाट शुभकामना व्यक्त गरे । साथै कम्पनीका ब्रान्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । कम्पनीले एकीकृत कारोबार सुभारम्भ भएको दुई दिनमै एक हजारभन्दा धेरै पोलिसी जारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया