Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमहालक्ष्मी विकास बैंकको लाभांश १० प्रतिशत

महालक्ष्मी विकास बैंकको लाभांश १० प्रतिशत


काठमाडौं । महालक्ष्मी विकास बैंकले १० दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही पुस एक गते बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब एक करोड आठ लाख ८३ हजार रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा चार प्रतिशत बोनस सेयर र छ दशमलव ४७ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया