Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा खानीखोला धादिङको श्री मच्छिन्द्र माध्यामिक विद्यालयलाई रकम सहयोग

एभरेष्ट बैंकद्वारा खानीखोला धादिङको श्री मच्छिन्द्र माध्यामिक विद्यालयलाई रकम सहयोग


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ ।

सोहीअनुसार बैंकले एक कार्यक्रमका बीच धुनिबेँशी नगरपालिका वडा नं. ७ खानीखोला, धादिङमा अवस्थित मच्छिन्द्र माध्यामिक विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत् आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँबराबरको आर्थिक सहयोग गरेको छ । सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटी सदस्य तथा नायब महाप्रबन्ध केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरे । यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा विद्यलायका उपप्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पालगायत अन्य विभिन्न क्षेत्रका व्यातिmहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २३ वटा शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटै प्रादेशिक कार्यालय, एक सय ५९ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया