काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सेयरधनीहरूलाई आव २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रुपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशते बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८÷७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सोसम्बन्धी अनुसूची पारित गरेको छ ।
सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । चालू आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७ अर्ब २९ करोड र कुल कर्जा रकम ८७ अर्ब ४५ करोड रुपैयाँ परिचालन गरी ३१ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया