Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१३ सय अंकमा झ-यो सेयर बजार

१३ सय अंकमा झ-यो सेयर बजार


काठमाडौं, फागुन २८
सेयर बजार परिसूचक पुुनः १३ सय अंकमा झरेको छ । झण्डै दुई साताअघि १३ सय अंकबाट उकालो लागेर १५ सय अंकको हाराहारीमा चढेको सेयर बजार लगातार ओरालो लागेपछि पुुनः १३ सय अंकमा झरेको हो । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक ८६ दशमलव ३९ अंकले ओरालो लागेर १३ सय ४९ दशमलव ३१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ३५ अंकले ओरालो लागेर दुुई सय ९० दशमलव ३६ अंकमा झरेको थियो ।

यसदिन एक सय ६१ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार नौ हजार दुुई सय ३९ वटा कारोबारमा २७ लाख ३५ हजार चार सय १८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब सात करोड ६६ लाख ९६ हजार तीन सय रूपैयाँको कारोबार भएको छ । यसदिन कारोबार खुलेलगत्तै सेयर बजार ओरालो लागेको थियो । अपराह्न १२ः३० बजेसम्म बजार परिसूचक पाँच प्रतिशतले ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगन गरिएको थियो । सोपश्चात् पनि नेप्से खुले पनि अपराह्न १ः१३ बजेसम्म बजार परिसूचक छ प्रतिशतले ओरालो लागेपछि बाँकी पूरै दिनको लागि कारोबार रोकिएको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटै समूहको कारोबार भएकोमा सबै सूचक ओरालो लागेको थियो । सोमध्ये वाणिज्य बैंक समूहको सूचक छ दशमलव ५८ अंकले ओरालो लागेर ११ सय ८३ दशमलव ५७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ९१ दशमलव ३३ अंकले ओरालो लागेर १८ सय ११ दशमलव ८१ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि ३८ दशमलव चार अंकले ओरालो लागेर नौ सय ६५ दशमलव ४५ अंकमा झरेकोमा लघुुवित्त वित्तीय संस्थाको सूचक पनि एक सय दुुई दशमलव ९६ अंकले ओरालो लागेर २२ सय दुुई दशमलव नौ अंकमा झरेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि तीन सय ६२ दशमलव १९ अंकले ओरालो लागेर पाँच हजार आठ सय ७८ दशमलव ४९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि सात सय ६२ दशमलव ९२ अंकले ओरालो लागेर सात हजार छ सय २३ दशमलव ६५ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ६७ दशमलव ३१, एक सय २० दशमलव ८६, २० दशमलव १६, एक सय २६ दशमलव ९५, २९ दशमलव ३९ र शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको एनआईबील समृद्धि फण्डको प्रतियुुनिट सेयर मूल्य तीन रूपैयाँ ७६ पैसाले बढेर १० रूपैयाँ ४८ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आरएमडीसी लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य एक रूपैयाँ ९२ पैसाले बढेर सात सय ४२ रूपैयाँमा सेयर किनबेच भएका छन् । यीबाहेक मेरो माइक्रोफाइनान्स, कालिका पावर लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० रूपैयाँले घटेर पाँच सय ३१ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० रूपैयाँले घटेर १३ सय ५० रूपैयाँमा किनबेच भएको छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनी, सिद्धार्थ बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ११ सय ४८ रूपैयाँ अन्तिम मूल्यमा आठ करोड ५८ लाख ९९ हजार चार सय १३ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको प्रतिकित्ता पाँच सय २६ रूपैयाँ अन्तिम मूल्यमा आठ करोड २० लाख ५५ हजार एक सय १४ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया