Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएभरेष्ट बैंकले ऊर्जा ऋणपत्र जारी गर्ने

एभरेष्ट बैंकले ऊर्जा ऋणपत्र जारी गर्ने


काठमाडौं । एभरेष्ट बैंकले ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यही पुस २५ गतेबाट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई अर्ब रुपैयाँबराबरको २० लाख कित्ता ऊर्जा ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकका अनुसार १० वर्ष अवधिको वार्षिक सात दशमलव पाँच प्रतिशत ब्याजदर कायम गरिएको एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९ जारी गर्न लागिएको हो ।

ऋणपत्र खरिदको लागि यही पुस २५ गते छिटोमा यही पुस २८ गतेसम्म र ढिलोमा माघ नौ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया