Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारलुम्बिनी विकास बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान

लुम्बिनी विकास बैंकद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं  । लुम्बिनी विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २६ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आफ्नो १५औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट तीन प्रतिशतको अनुपातमा नौ करोड ८५ लाख २८ हजार सात सय ७५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार पाँच सय १० रुपैयाँ रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया