Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारयुनाइटेड इन्स्योरेन्सको वार्षिक साधारणसभा

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं  । युनाइटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस ७ गते आफ्नो २९औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट पाँच प्रतिशतको अनुपातमा पाँच करोड १४ लाख आठ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत अर्थात् २७ लाख पाँच हजार छ सय ८४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही पुस १७ गते सेयरधनी दर्ता किताब बन्द रहनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया