Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने

लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने


काठमाडौं  । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले साात दशमलव ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको यही पुस १३ गते बुधबार बसेको सञ्चालक समितिको दुई सय ५९औँ बैठकले गत आर्थिक वर्षको मुनाफामध्येबाट सेयरधनीहरूलाई कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार पाँच सय ५० रुपैयाँमध्येबाट सात प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा  गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल बिमा प्राधिकरणको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x