Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसन नेपाल लाइफको ‘बीमा अभिमुखीकरण कार्यक्रम’

सन नेपाल लाइफको ‘बीमा अभिमुखीकरण कार्यक्रम’


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १३ गतेदेखि यही पुस १६ गतेसम्म साबिकको मेचि र कोशीको अञ्चलका बिर्तामोड, इलाम, विराटनगर, इटहरी र धरान शाखा कार्यालयहरूमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जनमानसमा बीमाको महत्व, बीमा दाबी भुक्तानीलगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो साथै उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरिएको कम्पनीले जानकारी दिएको छ । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन समेत गर्ने तयारी गरेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया